जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी छ : मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जलवायुमैत्री खेती प्रणाली अवलम्बन गर्न जरूरी रहेको बताएका छन् ।

नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलन धानखेतीसँग सम्बन्धित प्रविधिका बारेमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री सिंहले खेती प्रणाली र जीवनका हरेक पक्षमा जलवायुको बदलिँदो स्वभाव र वातावरणमैत्री व्यवहार आवश्यक रहेकामा जोड दिए । 

खेती गर्दा रासायनिक मलको अत्यधिक प्रयोग हुँदा माटोको उर्बरा शक्ति घटेको भन्दै मुख्यमन्त्री सिंहले वातावरणमैत्री खेतीका लागि प्रदेश सरकारले प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने नीति लिएको उल्लेख गरे ।

प्रतिक्रिया