अध्यादेश मार्फत कानुन बनाउनु गलत : कांग्रेस नेता साउद
रुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन ।
आज रुपन्देहीको बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उनले बहुमत हुँदा पनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउनु गलत भएको बताएका हुन । नेता साउदले अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भए पनि संसदमा नलैजाँदा प्रश्न उठेको बताए ।
पूर्वमन्त्रीसमेत रहेका नेता साउदले ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेस पार्टीले साथ दिएको भएपनि जनअपेक्षा अनुसार काम हुन नसकेको गुनासो गरे ।
दुई दलबीचको न्यूनतम साझा सहमती कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै त्यसलाई पूर्ण पालना गर्न उनले ध्यानाकर्षण गराए । नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।।
प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

बागमती प्रदेश सरकारले चाडपर्वको संरक्षण गर्ने
प्रतिनिधि सभा बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

बागमती प्रदेश सभाको बैठकमा ४ विधेयक प्रस्तुत

रवि लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा हुँदै

सङ्घीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेशसभा
यस्तो छ बागमती प्रदेशसभामा आजको कार्यसूची

प्रतिक्रिया