उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्र

काठमाडौं । उत्तर कोरियाले आज आफ्नो पूर्वी तटबाट थुप्रै अज्ञात छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

नयाँ मध्यम दूरीको हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको लगभग एक हप्तापछि उत्तर कोरियाले पुनः अज्ञात क्षेप्यास्त्र प्रहार गरेको हो । क्षेप्यास्त्र स्थानीय समय अनुसार आज बिहान ०९ः ३० बजे प्रहार गरिएको थियो भने क्षेप्यास्त्रहरूले लगभग २५० किलोमिटरको यात्रा तय गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको पदभार ग्रहण गर्नुभन्दा केही दिन अगाडि प्योङयाङको पछिल्लो शक्ति प्रदर्शन गरेको हो । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट प्रहार गरेको क्षेप्यास्त्र जापानको भूभागमा नखसेको र यसबाट हाल कुनै क्षति नभएको बताइएको छ ।

क्षेप्यास्त्र प्रहारपछि दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले उत्तर कोरियाको उत्तेजनापूर्ण गतिविधिको कडा जवाफ दिने बताएका छन । उनले प्योङयाङको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै यो संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भएको आरोप लगाए ।

प्रतिक्रिया