फाइनल खेलमा आर्मी क्लवविरुद्ध पुलिस क्लवको राम्रो शुरुवात
काठमाडौं । जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लवविरुद्ध राम्रो शुरुवात गरेको छ ।
वीरगन्जको नारायणी रंगशालामा पहिलो दिनको खेल सकिँदा पुलिसले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ । खराब मौसमका कारण केही ढिलो गरी भएको खेलमा पुलिसका लागि कुसल भुर्तेलले अविजित ५० रन बनाएका छन् । अमित श्रेष्ठले २० रन जोडे । अर्जुन साउद शुन्य रनमा अविजित छन् । त्रिभुवन आर्मीका सोमपाल कामी र शहाब आलमले १–१ विकेट लिए ।
फाइनल खेल तीन दिवसीय संरचनामा खेलाइएको हो । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय संरचनामा भएका थिएरु। प्रतियोगिताको राउन्ड रोबिनको खेल जनकपुर र वीरगन्जमा खेलाइएको थियोरु। वीरगन्जमै भएको प्रतियोगिताको पहिलो खेलमा पुलिस र आर्मी आमनेसामने भएका थिए ।
लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो । यता आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराएको थियो । पुलिस आरिफ शेखको कप्तानी खेलिरहँदा आर्मी भने विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ ।
प्रतिक्रिया