रेसुङ्गा विमानस्थलमा १ महिनादेखि हवाई सेवा बन्द

काठमाडौं । रेसुङ्गा विमानस्थलमा करिब एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायुसेवा निगमसँग भएका दुइ वटा ट्वीनअटर जहाज ग्राउन्डेड भएका कारण करिब एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।

हवाई सेवा बन्द भएपछि गुल्मेलीहरु केही समयका लागि हाललाई हवाई सेवाबाट बञ्चित हुनु परेको छ । नेपाल वायुसेवा निगमले २०८० बैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले जिल्लामा व्यावसायिक उडान गरेसँगै शुरुमा सातामा तीन पटकसम्म उडान गर्दै आएको थियो । 

यात्रुहरुको बढ्दो चाँपका कारण उडान संख्यामा बृद्धि गरि सातामा चार पटकसम्म उडान गर्दै आएकोमा वायुसेवा निगमको जहाज ग्राउन्डेडहुन थालेपछि सातामा दुइ पटक र एक पटक हुँदै अहिले पुर्ण रुपमा सेवा बन्द भएको छ ।

जहाजको इन्जिन साइकल सकिएपछि नेपाल एयरलाइन्ससँग भएको दुइवटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको हो । पछिल्लो समयमा रेसुङ्गा विमानस्थलबाट साताका एक पटक बिहिबार मात्र उडान हुँदै आएको थियो । 

निगमले काठमाडौंबाट रेसुङ्गा लागि ७ हजार पाँच सय रुपैंया र रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलबाट काठमाण्डौका लागि २१ महिनाको अबधिमा एकतर्फी रुपमा ९० वटा उडान भैसकेको छ ।

प्रतिक्रिया