क्यानले एन.पी.एल.को प्रसारण जिम्मा बिदेशी संचार माध्यमलाई दिएको भन्दै तीनवटा संस्थाको आपत्ति
काठमाडौं । नेपाली संचार माध्यमको अवमुल्यन गर्दै नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एन.पी.एल.) को प्रत्यक्ष प्रसारण बिदेशी च्यानललाई दिएकोप्रति नेपाली संचार क्षेत्र आवद्ध बिभिन्न संघ संस्थाहरुले गम्भीर प्रश्न उठाएका छन् ।
ती संस्थाहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै नेपाली संचार माध्यमहरुको प्रवद्र्धन गर्नुको सट्टा क्यानले प्रत्यक्ष प्रसारणको जिम्मा बिदेशी मिडियालाई दिन गरेको निर्णयले कानुनी र नैतिक प्रश्न उब्जाएको जनाएका छन् ।
मंगलबार नेपाल बिज्ञापन संघ, राष्ट्रिय बिज्ञापन संघ नेपाल र मिडिया अलाइन्स नेपालले बिज्ञप्ति जारी गर्दै अत्यन्तै महत्वपूर्ण र राष्ट्रिय खेल जस्तो व्यवसायिक प्रतियोगिताको देशको कानुन नै उल्लंन गरेर बिदेशी संचार माध्यमलाई प्रसारणको जिम्मा दिनु उपयुक्त काम नभएको जनाएका छन् ।
क्यानले एन.पी.एल. प्रतियोगिताका खेलहरुको उत्पादन, प्रत्यक्ष प्रसारण र बजार ब्यबस्थापनको जिम्मा बिना प्रतिस्पर्धा प्रसारणको अधिकार स्टार स्पोर्ट्स नेटवर्कलाई दिएको छ । गत शुक्रबार पत्रकार सम्मेलन मार्फत क्यानले एन.पी.एल. को प्रसारण अधिकार भारतीय कम्पनी जियो स्टारको स्वामित्वमा रहेको स्टार स्पोर्ट्सलाई दिइएको जनाएको हो । क्यानले प्रत्येक त्यसप्रति नेपाली संचार माध्यमले आपत्ति जनाएका हुन् । क्यानले प्रति खेलको १० लाखमा दिने सम्झौता गरिएको जनाएको थियो ।
क्यान जस्तो सार्वजनिक संस्थाले नेपाली प्रसारण माध्यमलाई बेवास्ता गरेर बिना प्रतिस्पर्धा र सार्वजनिक खरीद ऐन विपरित बिदेशी संस्थालाई प्रत्यक्ष प्रसारणको जिम्म दिइनु कानुन बिपरित भएको भन्दै सच्याउन पनि बिज्ञप्तिमा माग गरिएको छ ।
बिज्ञप्तिमा नेपाली बिज्ञापन एजेन्सी र नेपाली टेलिभिजन प्रसारकहरु विश्व कप फुटबल जस्तो विश्वकै महँगो खेलकुदलाई बिसौं करोड भन्दा धेरै धनराशीका परियोजनाहरुको प्रसारण र बजार ब्यबस्थापन गर्न सफल भई प्रमाणित समेत गरिसकेका, तर राष्ट्रिय रुपमा नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिगमा नेपाली बिज्ञापन एजेन्सी , कार्यक्रम उत्पादक र टेलिभिजन प्रसारकलाइ किन अबमुल्यन गरियो भन्ने प्रश्नको जवाफ नेपाल क्रिकेट संघले नेपाली खेलप्रेमी र खेल जगतलाइ दिनैपर्ने पनि उल्लेख गरिएको छ ।
नेपालको कानुनले अनिवार्य गरेको सार्बजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुदा नम्बर– २ ले कुनैपनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा कुनैपनि अन्तर्रास्ट्रिय सस्थासंग संझौता गर्दा मन्त्रिपरिषदको स्वीकृति अनिबार्य गरेको छ । तर क्यानले यसलाई पूर्णरुपमा बेवास्ता गरेकोछ । क्यानको निर्णयले उत्पन्न हुनसक्ने कानुनी प्रतियोगिता मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म संचालन हुनेछ ।
विज्ञप्तिमा मिडिया अलाइन्सका अध्यक्ष भाष्कर राज राजकर्णीकार नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापा राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धमेन्द्र काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया