ADVERTISING

Breaking News

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ: विमलेन्द्र निधि

काठमाडौ। नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दावीसमेत गरे।

उनले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए।

उनले संघीय संसदले दुई-दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरि संसदमा आउन नहुनेसमेत बताए।

leave a reply