ADVERTISING

Breaking News

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु

काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपालले आज किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँढे ४ बजे सुरु हुनेछ । यस्तै आजै उज्वेकिस्तान र श्रीलंका तथा बंगालदेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच समेत खेल हुनेछ । राष्ट्रिय खेलकुद परिषद राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ । समूह ’ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ’बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ ।राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

leave a reply