ADVERTISING

Breaking News

संचारकर्मी ढुंगेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान –२०७९’ बाट सम्मानित

काठमाडौ । संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनितराज ढुंगेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान –२०७९’बाट सम्मानित भएका छन ।राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सवमा ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा मोडल समेत रहेका ढुंगेलले उक्त सम्मान पाएका हुन ।

प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहाल, विशिष्ठ नृत्य निर्देशक राजु शाह, तथा विशिष्ठ अभिनेता धिरेन शाक्यको हातबाट उनलाई सम्मान प्रदान गरिएको थियो ।

ढुंगेलले दुबई,कतार,थाईल्याण्डमा समेत अन्तराष्ट्रिय अवार्ड जितिसकेका छन् । जेसिआई नेपाल मिडिया कोअर्डिनेट उनी ईमाडोल जेसीज २०२० का अध्यक्ष समेत हुन ।

leave a reply