झापामा अत्याधुनिक प्रविधिबाट टायरको हट रिसोलिङ सेवा सुरु

झापा । झापाको बिर्तामोड ६ स्थित बुट्टाबारीमा अत्याधुनिक प्रविधिबाट टायरको हट  रिसोलिङ सेवा सुरु भएको छ । 

शिवशक्ति टायर रिसोलिङ उद्योगले उक्त सेवा विश्वकर्मा पुजाको अवसर पारेर सञ्चालनमा ल्याएको हो । शिवशक्तिले भारतको केरेलाबाट मिडास कम्पनीको रबर नेपालमै पहिलो पटक भित्र्याएर हट रिसोलिङ सेवा सुचारु गरेको सञ्चालक गौरी भण्डारीले जानकारी दिए । 

उद्योगले भित्र्याएको हट टायर रिसोलिङ गर्ने अत्याधुनिक मेसिनको एक कार्यक्रमकाबिच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिशिष्ट अतिथि नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले संयुक्त रुपमा सुभारम्भ गरे । कार्यक्रममा सहभागीहरुले टायरको हट रिसोलिङ सेवाले गाडि व्यवसायीलाई फाइदा पुग्ने विश्वास प्रकट गरे । 

रिसोलिङ गरेको टायर नयाँ जत्तिकै बलियो तथा टिकाउ हुने हुँदा व्यवसायीलाई आर्थिक भार समेत कम पर्न जाने उनीहरुको भनाइ छ । नयाँ टायर खरिद गर्दा भन्दा मिडास कम्पनीको रबर मेशिनद्धारा रिसोलिङ गर्दा धेरै नै सस्तो पर्न जाने शवशक्तिका सञ्चालक गौरी भण्डारीको भनाई छ । शिवशक्तिले बिगत १६ वर्षदेखि बिर्तामोडमा सेवा प्रदान गर्दै आएको छ । 

विश्व बजारमा धेरै नै चलेको, बलियो तथा टिकाउ हुने भएका कारण मिडास कम्पनीको रबरद्धारा शिवशक्तिले ट्याक्टर, जेसिबी, ग्रेडर, लोडरको टायरको हट  रिसोलिङ सेवा सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया