नेप्से २५ अंकले घट्यो, १० अर्ब बराबरको कारोबार

काठमाडौ । साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा केही बढेको छ । आज १० अर्ब १२ करोड २४ लाख रुपैयाँको कारोबार भयो । आज ८५ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको घट्यो भने ३ को स्थिर रह्यो । आज माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशतले बढ्दा बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशतले घट्यो । समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य भने १० प्रतिशतले बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।

 

प्रतिक्रिया