के रबिले सहकारी ठगेका होइनन् त ?
काठमाडौं । संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको भनेर गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालकहरू छविलाल जोशी र कुमार रम्तेलमाथि कारबाहीको सिफारिस गर्दै सोमबार संसदमा प्रतिवेदन बुझाएको थियो ।
प्रतिनिधि सभाले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाएको छ । आरोपित चारैजनामाथि ६५ करोड ५४ लाख सर्वसाधारणको बचत हिनामिना गरेको प्रतिवेदनमा औल्याएको छ । लामिछाने अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति छन् । समितिले देशभरका सहकारी संस्थामा भएको रकम अपचलनबारे छानबिनको कार्यादेश पाएको थियो ।
तर रविको विषयले भने प्राथमिकता पाएको थियो । किनकि उनी पूर्व उपप्रधान तथा गृहमन्त्री, र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । उनको व्यवहार र काम सबैको चासोको विषय हो । उनी देशको कानून बनाउने थलो संसदमा पनि छन् । लामिछाने मात्रै होइन समितिले अरु सहकारीको बचत हिनामिनामा संलग्नहरुबारे पनि प्रतिवेदनमा उल्लेख गरेको समितिका एक सदस्यले जानकारी दिए । प्रतिवेदनको निष्कर्ष सार्वजनिक भएपछि रास्वपाका नेताहरु विजयी मुद्रामा देखिएका थिए । सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नता नदेखिएको र क्लिन चिट पाएको भन्दै रास्वपाका सांसदहरु विजयी भावमा संचारकर्मीहरुसँग प्रतिक्रिया दिदै थिए । स्वयं लामिछानेले पनि आफू सहकारीको रकम अपचनलमा दोषी नदेखिनु आफ्नो जीत भएको जिकिर गरे ।
त्यति मात्रै होइन आज मंगलबार रास्वपाको राष्ट्रिय भेलामा पनि उनले आफूलाई सहकारी ठगीको आरोपमा फसाउन खोज्नेहरुलाई प्रतिवेदनले गतिलो जवाफ दिएको र आफू निर्दाेष भएको साबित गरेको दाबी गरे । समितिले गोरखा मिडियाको रकम खर्च गरेको÷गराएकोमा लामिछानेलाई स्पष्ट रुपमा कारवाहीको सिफारिस गरेको छ । प्रतिवेदनको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले दोषी देखिएका व्यक्ति कारवाहीको भागिदार हुने बताएका छन् । तर रास्वपा किन लामिछानेले क्लिन चिट पाएको भन्दै छ । यसमा कानूनका जानकारहरुको समेत फरक फरक भनाई छ । अधिवक्ता दिनेश त्रिपाठीले समितिको प्रतिवेदनले लामिछाने सहकारी ठगीमा दोषी देखिएको र सहकारी ठगी,संगठित अपराध तथा कम्पनी ऐन अन्तर्गत कारवाही हुनुपर्ने बताउँछन् ।
उता कानूनका जानकार तथा प्राध्यापक गान्धी पण्डितले संसदीय छानविन समितिको प्रतिवेदनले लामिछानेलाई दोषी र निर्दाेष दुवै करार नगरेको बताए । उनले यसमा सरकारले अनुसन्धान गर्दा जे खुल्छ त्यही अनुसार कारवाही हुने बताए । प्रतिवेदनले उठाएका कुरामा आ–आफ्ना बुझाइ र तर्कले यथार्थ कुरा के हो भन्नेमा अन्योल थपेको छ । सरकारले भने यसबारे अझै केही बोलेको छैन । सरकारी ठगीको मुद्धालाई विशेष गरी नेपाली कांग्रेसमा रमेश लेखक र महामन्त्री गगन थापाले जोडबलका साथ उठाएका थिए । जसले गर्दा देशैभर सहकारीबाट ठगिएकाहरुको अवस्था बुझ्न समिति बनाउन संभव भएको हो । लेखक अहिले गृहमन्त्री छन् । अब सहकारीको पैसा अपचलन गर्नेलाई कारवाही गर्नेमा उनको भूमिका महत्वपूर्ण हुनेछ । किनकि उनी कानून कार्यान्वयन गर्ने ठाउँमा छन् ।
_UQgCq741eb_yzugzpkbc3vrrkbhuyvy6pwehxidksd5ayadmw2o3ajk4dn4p16hobxppfws_BeuIj0rwky_coxyqyefww6yft2s3c68figalfit6ihdomzvkmj8hcgk63jebogaji7evzle.jpg)
अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

देशको अर्थतन्त्र सुधार बारे एभिन्यूजको एजेण्डा बहस कर्णाली प्रदेशमा शुरु

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनचाँदी चितवनको अध्यक्षमा हेमवहादुर सेन्चुरी र वरिष्ठ उपाध्यक्ष उत्सव खाती
सुकुटी बेचेर मासिक २ लाख आर्जन
_WDLHoaVPJc_wxx07imun824vvjzhjccftq7fjys5geqvn5xdmrpvnrjgsbby57b44v8uwpx_UoBB7HJo3G_x4pz3cadszmxyjykmrs6ib3n9gb2dmq49dupektwhefalpkzspiuvexn5zib.jpg)
प्रतिक्रिया