विश्व फुटबलमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बने रोनाल्डो
काठमाडौ । क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन । नेशनल लिग फुटबलमा विजयी सुरुवात गर्ने क्रममा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दा रोनाल्डोले टिमका लागि निर्णायक गोल गरेका हुन । त्यसअघि म्यानचेस्टर युनाइटेडका ‘फुल ब्याक’ डियोगो डलोटले टिमका लागि पहिलो गोल गरेका थिए । डलोटले नै क्रोएसियाका लागि आत्माघाती गोल उपहार दिए । रोनाल्डोको केही दिन अघि मात्र आफ्नो युट्युव च्यानलमा पूर्व युनाइटेड टिम मेट रियो फर्नान्डो सँग कुरा गर्दै एक हजार करियर गोल गर्ने लक्ष्य रहेको बताएका थिए । रोनाल्डोको यो पोर्चुगलका लागि भने १ सय ३१ गोल हो । जितसँगै ‘ए’ को समूह एक मा पोर्चुगलले पोल्यान्ड समान अंक बनाएको छ । पोल्यान्डले पनि आफनो समूहमा स्कटल्यान्डलाई हराएको थियो । यसअघि ब्राजिलका पेले र रोमारियोलेल एक हजार भन्दा बढी गोल गरेको बताइएको थियो । तर पछि फिल्टर गरेर सो संख्या ७ सयमा झारिएको थियो । अनौपचारिक तथ्यांक अनुसार पेलेले ७ सय ७८ र रोमारियोले ७ सय ८५ गोल गरेको बताइन्छ । रोनाल्डोको प्रतिद्वन्दी अर्जेन्टाइन लियोनल मेसीले ८ सय ५९ गोल गरेका छन् । नेशन्स लिग अन्र्तगत गएराति भएका अन्य खेलमा पोल्यान्ड र डेनमार्कले पनि जित निकालेका छन । पोल्यान्डले , स्कटल्यान्ड माथि ३–२ र डेनमार्कले स्विटजरल्यान्डलाई २–० गोलले हराएको हो ।
प्रतिक्रिया