बालिका यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्धारा झुण्डिएर आत्महत्या

रुपन्देही। दाङमा बालिकालाई यौन दुर्व्यवहार गरेको मुद्दामा पक्राउ परी हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले बालिकालाई यौन दुर्व्यवहार आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा थिए।
गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान शव फेला परेको हो।
दशैंको फूलपातीको दिन भालुवाङमा रहेको सशस्त्र प्रहरीका दुई जनाले दुई बालिकालाई बलात्कार गरेको अभियोगमा उनीसहित दुई सशस्त्र प्रहरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। स्थानीयले शक्तिको आडमा आरोपीलाई जोगाउन खोजेको भन्दै लगातार १५ दिन आन्दोलन गरेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए।

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया