फुटबलको प्रतिष्ठित अवार्ड ‘बालोन डी ओर’ म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले हात पारे
एजेन्सी । म्यानचेस्टर सिटी र स्पेनका मिडफिल्डर रोड्रीले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गरिने पुरुष बालोन डी’ओर को उपाधि जितेका छन् ।
‘बालोन डी ओर’ पुरुष फुटबलरहरुको प्रतिष्ठित अवार्ड मानिन्छ । फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयोजित एक समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड हात पारेका हुन् । रोड्रीले यो अवार्ड जित्नका लागि रियल म्याड्रिडका स्टार खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिंगह्यामलाई पछाडि पारेका छन् । भिनिसियस मुख्य दावेदार मानिए पनि अन्तिम समयमा रोड्रीलाई यस वर्षको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको हो ।
गत सिजन क्लब र देशका लागि एक खेल मात्र हारेका २८ वर्षीय रोड्रीले जुलाईमा स्पेनलाई युरो २०२४ जिताउन सहयोग गरेपछि पेरिसमा यो पुरस्कार प्रदान गरिएको हो ।उनले सिटीबाट प्रिमियर लिग, युइएफए सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।
उनी क्लबको इतिहासमा बालोन डी’ओर जित्ने पहिलो खेलाडी बनेका छन् ।
सोमबार घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला फुटबल शुभारम्भ हुँदै
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया