नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा खुसी लागेको छ : पलेशा गोबर्धन

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले अब गर्वका साथ नेपालसँग पनि ओलम्पिक पदक छ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छन् । 

स्वदेश फिर्ता भएसँगै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा उनले आफूले ईतिहासमा नाम लेखाउन पाउदा खुसी लागेको बताएकी हुन् । सबैले अपेक्षा राखेको पदक आफूले मेहनतका साथ नेपालका लागि ल्याउन सफल भएको उपाधि विजेता गोबर्धनको भनाइ थियो । कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पलेसाले नेपालको नाम इतिहासमा लेखाएको भन्दै योगदानको कदर राज्यले गर्ने बताए । 

त्यस्तै, राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले पलिसाले नेपालको तेक्वान्दो खेललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सहयोग गरेको प्रतिक्रिया दिए । यसैबीच पदक विजेता पलेशा  गोबर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । स्वदेश फर्केकी पलेशालाई पाँच लाख र उनका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित महानगरले सम्मान गरेको हो ।


 

प्रतिक्रिया