यसरी गरियो पदक विजेता पलेशालाई विमानस्थलमा स्वागत

काठमाडौं । फ्रान्सको पेरिसमा हालै सम्पन्न प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँएकी छन् । 

त्रिभुवन विमानस्थलमा गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायतको बाक्लो उपस्थिती रहेको छ । गोवर्धनलाई विमानस्थलमा स्वागतका साथै नगर परिक्रमा गराइएको छ ।

परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको छ।
 

प्रतिक्रिया