पेरिस पारा ओलम्पिक कांस्य पदक विजेता पलेशा स्वदेश फर्किँदै

काठमाडौं । पेरिस पारा ओलम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार  स्वदेश फर्किँदै छ । टोलीलाई त्रिभुवन अनन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेपले पलेशासहित नेपाली टीमलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने कार्यक्रम राखेको छ ।  राखेपका अनुसार टोली बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । त्यसपछि साढे ८ बजे र्‍याली गरिने छ भने साढे ९ बजे राखेप प्राङ्गण त्रिपुरेश्वरमा स्वागत गरिने कार्यक्रम तय भएको छ । 

र्‍याली  एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुग्नेछ ।  पलेशा ले गत शुक्रबार राति कास्य जितेकी थिइन् । कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो । 

सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेशाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया