होण्डुरसको महिला कारागारमा भएको दंगामा ४१ जना महिलाको मृत्यु

होन्डुरसको एक महिला कारागारमा भएको दंगामा कम्तीमा ४१ महिलाको मृत्यु भएको छ । होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूविच झडप भएको हो । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा कैदी जलेर मृत्यु भएको हो । अधिकांश सो हिंसात्मक भिडन्तको क्रममा बन्दीहरुलाई जलाइएको प्रहरीले जनाएको छ । केहीलाई भने गोली हानिएको बताइएको छ । गोली र छुरा लागेका सात जना महिला कैदीको टेगुसिगाल्पा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया