अरब सागरमा शक्तिशाली बन्दै बिपरजोय सामुद्रिक आँधी

गुजराज र पाकिस्तानमा ठोक्किने आँधीले ठूलो क्षति पु¥याउने अनुमान

biparjoyseastorm

भारतमा बिपरजोय नामक सामुद्रिक आँधी शक्तिशाली बन्दै गएको छ । अरब सागरमा बनेको सो चक्रवात आज भारतको गुजरात र पाकिस्तानको कराँचीमा ठोक्किने अनुमान छ । आठ किलिमिटर प्रति घन्टाको रफ्तारमा उत्तर पश्चिम दिशा बढेको उक्त आँधी मंगलबार रातिदेखि उत्तर र उत्तरपूर्व दिशातिर बढेको थियो । हाल आँधी एक सय ५० किलोमिटर प्रति घन्टाको रफ्तारमा अगाडि बढिरहेको छ । तटीय क्षेत्रतर्फ सरेको आँधीको प्रभाव गुजरात र महाराष्ट्रमा देखिएको छ । दुवै राज्यमा समुन्द्रमा उच्च छाल उठिरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । आँधी आज साँझ गुजरातको सौराष्ट्र र कच्छको तटीय क्षेत्रमा प्रवेश गर्नेछ । यसैगरी यसको प्रभाव महाराष्ट्रमा पनि देखिएङ्कको छ । आँधीका कारण शुक्रबार महारष्ट्र र गुजरातलगायतका धेरै राज्यमा भारी वर्षा हुनसक्ने बताइएको छ । ८ जिल्लाका ४ सय ४२ गाउँलाई सम्भावित अति प्रभावित क्षेत्रअन्तर्गत राखिएको छ । विपद् पूर्वतयारीका रूपमा गुजरात भएर चल्ने पश्चिम रेलवेका ९५ वटा रेल रद्द गरिएको छ । शुक्रबारसम्मका लागि रेल सेवा रद्द गरिएकोमा प्रभाव हेरेर शनिबारदेखि पुनः सञ्चालन गर्ने/नगर्ने निर्णय हुने बताइएको छ । सुरक्षालाई ध्यानमा राखेर गुजरातबाट ७४ हजार मानिसलाई स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया