युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति पुटिनको घोषणा

putin

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन । लामो समयपछि टेलिभिजनमा देखिएका उनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने घोषणा गरेका हुन । सिमावर्ती क्षेत्रमा युक्रेन समर्थित लडाकुहरुले गरेको आक्रमणप्रति संकेत गर्दै राष्ट्रपति पुटिनले जिस्क्याउन खोज्नेहरुलाई ठेगान लगाइने बताए । युक्रेन विरुद्ध अहिलेको अवस्थामा सेना थप्नुपर्ने जरुरी नदेखिएको भन्दै पुटिनले थप उपब्धिका लागि अघि बढ्नु परे मात्रै सेना थपिने बताए । पुटिनले युक्रेन विरुद्धको युद्धमा अहिलेसम्म रुसले आंशिक सेना परिचालन मात्रै गरेको दाबी समेत गरे । पछिल्ला दिनमा युक्रेनका १ सय ६० वटा ट्यांक र ३ सय ६० वटा युद्ध सामग्रीसहितका साधन ध्वस्त गरेको पनि जानकारी दिए । युक्रेनी प्रत्याक्रमणबाट रुसका ५४ वटा साधन नष्ट भएको उनले बताए ।

प्रतिक्रिया