सिन्ध प्रान्तको तटिय क्षेत्रमा विपरजोय आँधीको खतरा

pakistanaandi

पाकिस्तानको सिन्ध प्रान्तको तटिय क्षेत्रमा विपरजोय नाम आँधीको खतरा औल्याइएको छ । आँधीको खतरा पछि ८० हजार मानिसलाई अन्यत्र सार्ने प्रक्रिया सुरु गरिएको छ । बिहिबार जमिन छुने अनुमान गरिएको सो आँधीबाट बच्नका लागि स्थानीय प्रसासनले मानिसहरुलाई अन्यत्र सार्ने प्रक्रिया शुरु गरेको हो । तटीय क्षेत्रका ८० हजार मानिसलाई अन्यत्र सार्न सिन्ध प्रान्त सरकारले सेना परिचालन गरेको छ । दुई हजार मानिसलाई सुरक्षीत स्थानमा स्थानान्तरण गरिसकिएको सिन्ध प्रान्तका मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।भारत गुजरातको मान्दवी र पाकिस्तानको कराँची क्षेक्रमा चत्रवातले पहिलो प्रभाव रहने दुवै मुलुकका मौसम पूर्वानुमान केन्द्रले अनुमान गरेका छन् । विश्वकै सबैभन्दा ठुलो भारतीय जामनगर तेल प्रशोधन केन्दम्रा पनि चक्रवातकले असर गर्ने अनुमान गरिएको छ । मुम्बईमा आइतबार साँझदेखि प्रतिकूल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित छन । आँधी बिहीबार गुजरातको सौराष्ट्र र कच्छ तट पार गर्ने सम्भावना छरु। ती क्षेत्रहरूमा उच्च आँधीको गति १५० किलोमिटर प्रतिघण्टासम्म पुग्ने विभागले जानकारी गराएको छरु। प्रशासनले तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई निर्देशन दिएको छरु।

प्रतिक्रिया