शेयर बजारमा उल्लेख्य सुधार, नेप्से परिसूचक ४० अंकले बढ्यो
साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ४० दशमलव ४८ अंकले बढेर एक हजार नौ सय ८० दशमलव ०९ विन्दुमा पुगेको हो । आज कारोबार रकम पनि बढेर झन्डै साढे तीन अर्ब रुपैयाँ पुगेको छ । दुई सय ७५ वटा कम्पनीका ९५ लाख २८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । कुल २ सय १२ कम्पनीको मूल्य बढ्दा ६ को घटेको छ भने ५ को स्थिर रहेको छ । बैंकिङ ८.८, विकास बैंक १६५, फाइनान्स ९१, होटल तथा पर्यटन ५२, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १७१, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १६५, अन्य २७ र ब्यापार उपसमूह ९५ अंक बढे । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै ५ प्रतिशतले बढेको छ । बजार उकालो लागेको दिन भुगोल इनर्जी र सीटी होटलको शेयर १० प्रतिशतले बढेको छ । आदर्श लघुवित्तसहित छ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।
प्रतिक्रिया