इगा स्वेटेक बनिन फ्रेन्च ओपन टेनिस च्याम्पियन

frenchopentennis

पोल्याण्डकी विश्व नम्बर एक इगा स्वेटेकले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् । पेरिसमा गएरा िभएको फाइनलमा चेक रिपब्लिकका कारोलिना मुचोभालाई हराउँदै इगा च्याम्पियन बनेकी हुन् । इगाले कारोलिनालाई ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दै तेस्रो पटक उपाधि जितेकी हुन । यस अघि उनले २०२० र २०२२ मा उपाधि जितेकी थिइन् । २१ वर्षिया इगाको यो चौंथो ग्रान्डस्लाम उपाधि हो । पुरुषतर्फको फ्रेन्च ओपनको उपाधिका लागि नोभाक जोकोभिच र कास्पर रुड भिड्ने छन् ।

प्रतिक्रिया