एन्फा महिला लिगमा आर्मीद्वारा बागमती युथ क्लब पराजित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई पराजित गर्दै महिला लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आर्मीले बागमती युवा क्बलाई ३–० गोलले पराजित गर्दै विजयी भएको हो । जितसँगै चार खेलमा नौ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती समान खेलबाट तीन अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।
यसअघि सङ्कटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग भने हार ब्यहोरेको थियो । यसअघि सुदूरपश्चिमलाई हराएको बागमती, कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
बिहीबार आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । खेलको २६औँ मिनेटमा विमलाको गोलमार्फत आर्मीेले पहिलो अग्रता लियो । त्यस्तै, खेलको ६१औँ मिनेटमा अमिशाले टोलीको अग्रता दोब्बर बनाइन् । खेलको ९०औँ मिनेटमा बागमतीकी सञ्जी थिङबाट आत्मघाती गोल भएसँगै आर्मीले बागमतीमाथि ३–० को सहज जित दर्ता गर्यो ।

एन.पि.एल. : आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन खेल्दै

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त
श्रीलंकाबाट फर्किए काभा भलिवल उपविजेता नेपाली टोली, विमानस्थलमा टीका र जमरा…
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति पौडेल

ओलम्पियाड खेल्ने नेपालको चेस टोलीलाई हङ्गेरीले दिएन भिसा
अभ्यास खेलमा नेपाल श्रीलंकाको डेभलभमेन्ट क्लबसँग पराजित

प्रतिक्रिया