युक्रेनको खेर्सनस्थित जलविद्युत परियोजनाको बाँधमा विस्फोट हुँदा ८० वटा बस्ती र गाउँ जलमग्न

विस्फोटबारे रुस र युक्रेनबीच आरोप–प्रत्यारोप

ukrine

दक्षिणी युक्रेनस्थित रुसको नियन्त्रणमा रहेको एउटा विशाल निप्रो नदीको बाँधमा विष्फोट गराइएपछि हजारौं मानिस विस्थापित भएका छन् । नोभा काखोभ्का’ बाँध विष्फोटबाट भत्किएपछी युक्रेनका ८० वटा गाउँ र वस्तीहरु जलगमग्न भएका हुन । एक हजार मानिसलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र करिब ४० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सार्न आवश्यक रहेको युक्रेनले जनाएको छ । बाँध फुटेपछि खेअर्सन सहरमा खतरनाक बाढीको जोखिम बढाएको बताइएको छ ।बाँध रुसले फुटाएको युक्रेनको दाबी छ । रुसले युक्रेनी सेनाको बमबारीबाट बाँध क्षतिग्रस्त भएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले घटनालाई युद्ध अपराधको संज्ञा दिँदै यसबाट हुने क्षति न्युनिकरणका लागि राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएका छन । बैठकमा रुसले युद्ध अपराध गरेको नेटो समर्थक राष्ट्रले बताएका छन । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलले सार्वजनिक संरचनाको विनाश युद्ध अपराध भएको भन्दै रुसको आलोचना गरेका छन् । बाँधको पानी युक्रेनको जापोरोजियामा रहेको आणविक उर्जा केन्द्रलाई चिस्यान गर्न प्रयोग हुँदै आएको थियो । क्राइमियाका जनताको पिउने पानी तथा सिंचाईमा पनि सोही बाँध प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया