नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा
फाइनल प्रवेशका लागि विश्व नम्बर एक अल्काराजसँग प्रतिस्पर्धा गर्ने
सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । गएराति पेरिसमा रसियन करिन खाचानोबलाई हराउँदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् । तेस्रो वरीयताका जोकोभिचले करिनलाई ४–६, ७–६, ६–२ र ६–४ ले पराजित गरे । जोकोभिच १२ औं पटक फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका हुन् । जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् । २३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् । जोकोभिचले सेमिफाइनलमा विश्व नम्बर एक कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्नेछन । अल्काराजले क्वाटरफाइनलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई सोझो सेटमा पराजित गर्दै जोकोभिचसँगको भेट पक्का गरेका हुन् । अल्काराजले सित्सिपासलाई ६ – २, ६ – १ र ७ – ६ ले पराजित गरेका हुन । फ्रेन्च ओपनमा अल्काराज पहिलो पटक सेमिफाइनल पुगेका हुन् । उनी करियरको दोस्रो ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा छन् । अल्काराज र जोकोभिच दोस्रो र ग्रान्डस्लाममा पहिलो पटक भिडन लागेका हुन ।
प्रतिक्रिया