दुर्घटनास्थलमा पुग्यो सेनाको हेलिकप्टर, पाँचै जनाको शव फेला
काठमाडौ । काठमाडौंबाट रसुवा स्याप्रुङबेँसीका लागि उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको एयर डाइनेस्टीको दुर्घटनामा परेको छ । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका(७ सूर्यचौरमा दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार रहेको बताइएको छ । दुर्घटनामा पाँचै जनाको मृत्यु भएको छ ।
हेलिकप्टर अरुण मल्लले उडाएका थिए । जसमा चार चिनियाँ सवार रहेका थिए । ५ जनाको घटनास्थलबाट शव निकालिएको छ । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।
पर्यटनमन्त्री बद्री पाण्डे सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । सेनाको हेलिकप्टर केही समयअघि घटनास्थल पुगेको छ ।
यात्रुहरुको लिष्ट:
प्रतिक्रिया