हमासको शीर्ष नेतामा सिनवार,हमासलाई निमिट्यान्न पार्ने इजरायलको दाबी

एजेन्सी । हमासको शीर्ष नेतामा याह्या सिनवार चयन भएका छन् । 

कतारको राजधानी दोहामा भएको दुई दिनको वार्तापछि हमासले  सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो ।

गत हप्ता इजरायली आक्रमणमा हमासका शीर्ष नेता मानिएका इस्माइल हानिया मारिएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार हमासले इजरायल बिरुद्धको आन्दोलनको नेतृत्व गर्न सिनवारलाइ आफ्नो नेता चयन गरेको हो । इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि  इजरायलसँग बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको हो । इजरायलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सिनवार अहिले इजरायलको मोस्ट वान्टेड सूचीमा रहेका ब्यक्ति हुन् ।

इजरायलका सुरक्षा निकायहरूले सन् २०२३ को अक्टोबर ७ मा १२ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाएर गाजामा  लगिएको आक्रमणको योजनाकार तथा अपहरणका मुख्य जिम्मेवार रहेको विश्वास गरेका छन्।

इजरायलका विदेशमन्त्री इजरायल काट्जले एक्स (ट्वीटरमा)मा जारी गरेको वक्तव्यमा इस्माइल हनियाको स्थानमा कट्टर आतंकवादी याह्या सिनवारलाई हमासको नयाँ नेतामा नियुक्त गरे पनि उनको अन्त्य र  घृणित संगठन हमासलाई पृथ्वीबाट मेटाउने योजना इजरायलको रहेको बताएका छन् । 
 

प्रतिक्रिया