सरकारले गर्यो नेपाल प्रहरीका ४ जना एआइजीको सरुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षक (एआईजीपी) को सरुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो ।
सरकारका प्रवक्ता एवं संञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वयन विभाग, किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी र रामदत्त जोशिलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा पदस्थापना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले नेपाल न्याय सेवा अन्तर्गत कानुन समूहका परासर ढुंगाना र आलोकचन्द्र श्रेष्ठलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेर पदस्थापन गरेको छ । ढुङ्गानालाई नेपाल कानुन आयोगमा र श्रेष्ठलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया