बंगलादेशमा संसद भङ्ग, खलिदा जिया जेलमुक्त

एजेन्सी ।  बंगलादेशमा  संसद भङ्ग भएको छ ।  राष्ट्रपति महोमम्द शाहबुद्दिनले मंगलबार दिउँसो संसद भङ्ग भएको घोषणा गरेका छन्।  राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको जनाएको छ । जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।

आन्दोलनमा सहभागी नेताहरूले संसद भङ्ग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका थिए। २६ वर्षीय विद्यार्थी नेता नहिद इस्लामले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ राख्दै मंगलबार दिउँसो ३ बजेसम्म संसद भंग गर्न माग गरेका थिए।

संसद भंग नभए थप आन्दोलनका लागि तयारी अवस्थामै रहन पनि उनले प्रदर्शनरत विद्यार्थीहरूलाई बताएका थिए। उक्त माग राखेसँगै राष्ट्रपति शाहबुद्दिनले संसद भंग गरेका हुन्। 

 

प्रतिक्रिया