पासाङ ल्हामू शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटरलाई "ल्हामूू" नाम स्वीकृत

काठमाडौ । अन्तर्राष्ट्रिय खगोलीय संघ (IAU)  को ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई "ल्हामूू" नाम स्वीकृत गरेको छ । नेपालस्थित अमेरिकी दुतावासले सामाजिक सञ्जालमा जानकारी गराउदै अमेरिकी भूगर्भ सर्वेक्षणले चन्द्रमाको एक क्रेटरलाई "ल्हामूू" नाम स्वीकृत गरेको जनाएको छ । सगरमाथा अरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई U.S. Geological Survey (USGS) ले "ल्हामूू" क्रेटरू नामकरण गरेको दुतावासले जनाएको छ ।

पासाङ ल्हामू शेर्पाको उपलब्धिले  नेपाली युवा महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको दुतावासको भनाइ छ  । यसले विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गर्ने दुतावासको विश्वास छ । अमेरिकाले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन पाउदा गर्व लागेको दुतावासले जनाएको छ  ।  

प्रतिक्रिया