बंगलादेशकी प्रधानमन्त्री हसिना देश छोडेर भारतमा शरण लिन गएको अनुमान

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद देश छोडेर भारतमा शरण लिन गएको बताइएको छ । 

बंगलादेशमा उनको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि उनले आज राजीनामा दिएकी थिइन । प्रधानमन्त्री हसिना  र उनकी बहिनीलाई सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको समाचारमा जनाइएको छ ।

हसिना कता गइन भन्ने अस्पष्ट भएको बताइएपनि केही अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले भने उनी भारतमा गएको अनुमान गरेका छन् ।   

कर्फ्यू र  इन्टरनेट प्रतिबन्धका बावजुद राजधानी ढाकास्थित उनको सरकारी निवासमा  प्रदर्शनकारीहरूको ठूलो भीडले आक्रमण र तोडफोड गरेका छन् । 

प्रतिक्रिया