बंगलादेशकी प्रधानमन्त्री हसिनाद्वारा राजीनामा,देश छोडेर अन्यत्रै गएको आशंका

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री पदबाट राजीनामा दिइकी छिन् । 
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार  उनी बिरुद्ध प्रदर्शन चर्किएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिइकी हुन् । 
कतिपय संचारमाध्यउमहरुले उनी देश छोडेर अन्यत्रै गएको बताएका छन् । तर यसको पुष्टि भने हुन सकेको छैन । राजधानी ढाकामा प्रदर्शनकारीले प्रदर्शन गरिरहँदा सरकारी निवासबाट उनी सुरक्षित स्थानु तर्फ प्रस्थान गरेको बताइएको छ  । बंगलादेशमा बिद्यार्थीहरुले हसिनाको राजीनामा माग गर्दे प्रदर्शन गर्दै आइरहेका थिए । केह्री दिन मत्थर भएको भएको आन्लोलन आइतबारदेखि फेरि चर्र्किएको थियो । 

 

प्रतिक्रिया