राजनीतिक स्थायित्व लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह

काठमाडौं ।  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका छन् । 

 नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ का दुवै प्रदेश कार्य समितिद्वारा शनिबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा सिंहले राजनीतिक स्थिरता राजनीतिक, सामाजिक, आर्थिक विकासका काम गर्न दुई ठूला दल मिल्नुपरेको बताए । उनले भने, “मुलुकमा स्थिरता र स्थायित्व दिनका लागि दुई प्रमुख राजनीतिक दल आर्थिक, सामाजिक परिवर्तन र राजीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको हो ।” 

वर्तमान सरकारलाई सफल तुल्याउन जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने कार्यमा जुट्न उपप्रधानमन्त्री सिंहले पार्टी कार्यकर्तालाई आह्वान गरे। बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले पहिलो र दोस्रो ठूलो राजनीतिक दलबीचको सहकार्यमा बनेको वर्तमान सरकार राजतीतिक स्थिरता र विकासका लागि परिणाम देखिने गरी काम गर्ने बताए ।  दुई ठूला दल मिलेर प्रदेशमा सरकार बनेपछि स्थिरताको जग बसेको उनको भनाइ थियो ।
रासस

प्रतिक्रिया