कर्जाको माग नभएपछि बैंकमा पैसा थुप्रियो

काठमाडौ । कर्जाको माग नभएपछि नेपालका बैंकमा पैसा थुप्रिएको छ । तरलता बढ्दा पनि कर्जा माग नभएको हो । पछिल्लो समय व्याजदर घट्दै जाँदा पनि कर्जा माग बढ्न नसक्दा अर्थतन्त्रमै समस्या आउने चेतावनी अर्थविदले दिएका छन । 
अधिक तरलता बढेर बैंकिङ क्षेत्रमा अहिले ७ खर्ब भन्दा बढी लगानी योग्य रकम थुप्रिएको हो । निक्षेप बढे अनुसार कर्जाको माग नहुँदा बैंकमा तरलता बढ्दै गएको हो । आर्थिक गतिविधिमा संकुचन र पर्याप्त रकम माग हुन नसकेका कारण कर्जा प्रवाहको वृद्धि हुन नसकेको हो । लगानी कर्ताले पनि लगानीको वातावरण नभएको भन्दै कर्जा लिन डराएका छन । अधिक तरलताले उद्योग कलकारखाना, कृषि क्षेत्र, घरजग्गा कारोबार लगायत माग क्षेत्र शिथिल भएको बैंकहरुको भनाइ छ । 

प्रतिक्रिया