सेयर कारोबारमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्यको कारोबार

 
काठमाडौं । सेयर बजारमा हालसम्मकै उच्च मूल्यको कारोबार भएको छ ।  सेयर बजारमा बुधबार एकैदिन २१ अर्ब ९१ करोड रूपैयाँको सेयर कारोवार भएको हो। 
 यसअघि २०७८ साउन ३१ गते नेप्से हालसम्मकै उच्च ३१ सय विन्दु आसपास पुग्दा पहिलो पटक एकै दिन २१ अर्ब ६४ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

त्यसयता पहिलो पटक एकैदिन यत्रो रकमको सेयर किनबेच भएको हो। नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया