मंगलबार सेयर बजारमा सुधार

मंगलबार सेयर बजारमा सुधार आएको छ । सोमबार २० अंकले बढेको परिसूचक नेप्से आज ३५ दशमलव ५५ अंकले बढेर २६९६ अंकमा कायम भएको हो । मंगलबार ३ सय २९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता शेयर १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छ । आज १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो । आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक २.४० प्रतिशतले बढे । बैंकिङ ०.७६, व्यापार ०.५७ र निर्जीवन बीमा ०.३६ प्रतिशत घटे । मंगलबार प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी तथा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । आज सबैभन्दा धेरै एसियन हाइड्रोपावरको १० र गणपति लघुवित्तको शेयर मूल्य ६.१ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, नेपाल फाइनान्स तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया