निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघसंगको मंगलबार भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको बताउनुहुँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका छन । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने उल्लेख गरेका छन । भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन । सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत् लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो । निजी क्षेत्रलाई मर्यादाक्रमा समावेश गर्ने लगायतका गैर मौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालको भनाइ थियो । 
 

प्रतिक्रिया