समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा

विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचिमा पर्नेमा बि.एस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति असोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिव बहादुर खड्का रहेका छन । त्यस्तै भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्ष सम्मका लागि कोलोसूचीमा राखिएको छ । काठमाडौंको मस्टा जे.बि.डि कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदम बहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी÷आपूर्तिकर्ताले भाग लिन नपाउने बताएको छ । सार्वजनिक खरिद ऐन बमोजिम आजको मितिबाट लागू हुनेगरी ती व्यवसायी÷आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो । 
 

प्रतिक्रिया