सुनको मूल्य फेरि नयाँ उचाईमा, प्रतितोला १ लाख ४७ हजार ८ सयमा कारोबार
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान बनाइरहेको छ । असार ३० गते प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँ कायम हुँदै कीर्तिमान बनाएको छापावाल सुनले आज तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १ सय रूपैयाँ कायम भएको छ । यस्तै, मंगलबार चाँदी भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया