भारतको उन्नावमा बस र ट्याङ्कर आपसमा ठोकिँदा १८ जनाको मृत्यु

काठमाडौ । भारतको उन्नाव जिल्लामा आज बिहान एउटा बस र ट्याङ्कर आपसमा ठोकिँदा १८ जनाको मृत्यु भएको छ । लखनऊ–आग्रा एक्सप्रेसवेमा बिहारको शिवगढबाट दिल्ली जाँदै गरेको स्लिपर बस बेहता मुजावर थाना क्षेत्रको एयरस्ट्रिपमा ट्याङ्करसँग ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा दुई महिला र एक बालकसहित १८ जनाको मृत्यु भएको छ । साथै २० जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया