सहकारी छानविन संसदीय विशेष समितिले आज पीडितहरूसँग छलफल गर्दै

काठमाडौ । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले भोलि पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।
बाइट विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो ।

प्रतिक्रिया