नेप्से ४.६२ अंकले घट्यो, ४ अर्ब ५६ करोडको कारोबार
साताको कारोबारको दोस्रो दिन धितोपत्र बजार मापक नेप्से परिसूचक ४.६२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको हो ।
सोमबार ९५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ । चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
सोमबार समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले वृद्धि भएको छ भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको मूल्य ८.३९ प्रतिशतले घटेको छ ।
फाइनान्स, माइक्रोफाइनान्स र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
प्रतिक्रिया