सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट
साताको पहिलो कारोबार दिन आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार परिसूचनक नेप्से नेप्से १४.८३ अंकले घटेर दुई हजार ३७ दशमलब ०९ अंकमा कायम भएको हो । आज बजारमा तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ । आज नेपाल फाइनान्स १२ करोड ८८ लाख, जानकी फाइनान्स ११ करोड ९८ लाखको उच्च कारोबार भएको छ । आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले ९.३० प्रतिशतले गुमाएका छन । त्यस्तै साधना लघुवित्त ८.७७ प्रतिशत र गणपति लघुवित्त ५.७६ प्रतिशतले ओरालो लागेको छ । बजार ओरालो लागेको दिन मुक्तिनाथ कृषि कम्पनीको शेयर मुल्य ७.०६ प्रतिशत र मैलुङ खोला जलविद्युत्को ५.७६ प्रतिशतले मूल्य बढेको छ । आज ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७ वटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन ।
प्रतिक्रिया