नेप्से सूचकमा ११.६० अंकले गिरावट, ४ अर्बको कारोबार

सेयर कारोबार आज दोहोरो अंकले घटेको छ । बजार मापक नेप्से परिसूचक आज ११.६० अंकले घटेर नेप्से २ हजार ६० दशमलब १६ बिन्दुमा सीमित भएको हो । आज ८७ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँ कारोबार भएको छ । कारोबार रकमको आधारमा नेपाल फाइनान्स लिमिटेडको १६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज शिवश्री हाइड्रोपावरको मूल्य ७.२६ प्रतिशत र गणपति लघुवित्त वित्तिय संस्था ७.१३ प्रतिशतले मूल्य बढेको छ । साधना लघुवित्त वित्तीय संस्थाको मूल्य ६.३८ प्रतिशतले घटेको छ । कुल ५७ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ८६ कम्पनीको सेयर मूल्य घट्यो । ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।। 

प्रतिक्रिया