धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्ताका लागि बोलाइएका तीन उम्मेदरवार अनुपस्थित

धितोपत्र बोर्डको अध्यक्षका तीन उम्मेदरवारलाई बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरु अनुपस्थित भएका छन् । आज ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएको जनाएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो । छनोट सूचिमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए । उनीहरुमध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् । बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अब रद्द हुने सम्भावना बलियो देखिएको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।।
 

प्रतिक्रिया