कोशीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ
कोसी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ । तर, एक न्यायाधीशको एकपटक र दुई न्यायाधीशको इजलासमा दुईपटक पेसी तोकिए पनि सुनुवाइ नै पूर्ण इजलासमा परेको छ । कोसी प्रदेश विवादको मुद्दा पूर्ण इजलासबाट सुनुवाइ हुनु वाञ्छनीय रहेको भन्दै न्यायाधीशद्वयको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।
प्रतिक्रिया