उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छः अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताएका हुन् । पूँजी र प्रविधिको विकास गर्ने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै ओलीले बजेट कार्यान्वयनको सम्बन्धमा सरकारसँग कुरा गरिरहेको बताए ।
अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराए । उनले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया