१८ वटा निर्माण व्यवसायी-आपूर्तिकर्ता कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन बमोजिम आजको मितिबाट लागू हुने गरी १८ वटा निर्माण व्यवसायी÷आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रा.लि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन÷तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।त्यस्तै बिकोई–जय बागेश्वरी–सिस्ने जेभी नेपालगन्ज र यसअन्तर्गतका बिकोई बिल्डर्स टंगाल काठमाडौं, जय वागेश्वरी माता कन्स्ट्रक्सन नेपालगन्ज र सिस्ने कन्स्ट्रक्सन नेपालगन्जलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । धुलीखेल–जेके जेभी कोहलपुर बाँके र यसमातहतका दुई कम्पनीलाई रुडेढ वर्षका लागि कालोसूचीमा परेका छन । कार्यालयले कालोसूचीमा राखिएको अवधिभर ती निकायले कुनैपनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि बताएको छ । विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
प्रतिक्रिया